- पारस सुबेदी

इटहरी जेसिजले इटहरीका मुख्य चौक तथा राजमार्गमा प्लाष्टिक कोटेट रंगबाट जेब्राक्रस बनाएको छ । इटहरीको सडक क्षेत्रमा निमार्ण गरीएको जेब्राक्रस मेटीएपछी इटहरी जेसिजले प्लाष्टिक कोटेट रंगबाट जेब्राक्रस बनाएको हो ।
सामान्य रंग मार्फत बनाईएका जेब्राक्रस केही समयमै मेटिने गरेको तर आधुनिक मेसिनबाट २० डिग्री सेल्सियस तापक्रममा तयार पारिएको प्लाष्टिक कोटेट रंग कम्तीमा २ बर्ष सम्म टिक्ने इटहरी जेसिजका अध्यक्ष विनोद पौडेलले बताए । सडक दुर्घटनाको प्रमुख कारकको समाधानमा जेब्राक्रसिङ रहेपनि इटहरीका सडकमा निमार्ण गरीएका अधिकाशं जेब्राक्रसिङ धमेलिएका तथा मेटिएका छन । सडकमा बनाइएका जेब्राक्रसिङहरु पनि मेटिएर देख्नै गाह्रो अवस्था पुगेपछी इटहरी जेसिजले जेब्राक्रसिङ निर्माण गरेको पौडेलले जानकारी दिए ।जेब्राक्रस नहुँदा दुर्घटना हुने सम्भावना पनि उच्च हुने भएकाले मुख्य चौक वरिपरिबाट बाटो काट्ने ठाउँ, बढि भिड हुने जनता स्कुल जाने बाटो र विराटनगर लाईनको हटिया प्रवेश गर्ने ठाउँमा जेब्राक्रस बनाइएको कार्यक्रम संयोजक सुजन पुरीले बताए ।

तपाईको प्रतिक्रिया