माेरङ / नेपालमा बनेको सवारी चालक अनुमति पत्र र भारतमा बनेको आधार कार्ड भेटिएपछि दोहोरो नागरिकता लिएको हुन सक्ने आशंकामा विराटनगरबाट एक व्यक्ति पक्राउ परेका छन् ।गलबार राति विराटनगर महानगरपालिका–३ खार्जीबाट चेकजाँचका क्रममा प्रहरीले विराटनगर–९ मा बस्दै आएका ३६ वर्षीय विमलेस साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । उनका अनुसार साह को २६ प ३१६७ नम्बरको मोटरसाइकलमा सवार थिए । सवारी साधन र त्यसका कागजपत्र चेकजाँच गर्ने क्रममा उनीसँग ०२–५०४१९९ नम्बरको सवारी चालक अनुमति पत्र र २४१६५७५०१५०५ नम्बरको भारतीय आधार कार्ड फेला परेको श्रेष्ठले बताए । सवारी चालक र भारतीय आधार कार्ड दुवैमा नाम भने एउटै छ ।

तपाईको प्रतिक्रिया