मोरङ/ मोरङको बुढीगंगा गाउँपालिका-७ एसआईटी ईट्टाभट्टामा आज ट्याक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । बिहान साढे ९ बजेको समयमा सोही ईट्टाभट्टाको कम्पाउण्डवाल बनाउन को२त५१४नम्बरको ट्याक्टरमा बालुवा लिएर उकालो चढ्ने क्रममा ट्याक्टर पछाडी सरेर ईन्जिनको भाग उचालिएर च्यापिदा सोही ट्याक्टरका चालक भोजपुरको हतुवागढी गाउँपालिका-९ हसनपुर बस्ने बर्ष २५को भरत राई घाईते भएका थिए ।गम्भीर घाइते राईलाई उपचारको लागि  नोबेलअस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा बिहान१०:४५बजेमृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ ।

तपाईको प्रतिक्रिया