पथरी / सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पुर्वी नेपालमा  विरोध हुन थालेको छ । मोरङमा कार्यरत पत्रकारहरुले नेपाल मिडिया काउन्सिल सम्बन्धी विधेक संशोधनको पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई अाज  एसएमएस म्यासेज पठाएका छन् । मोरङका पत्रकारहरुले महासंघको पथरी सम्पर्क कार्यालयमा भेला भएर अन्तरक्रियाको आयोजना गर्दै मोरङ—३ का संघीय सांसद तथा कानून मन्त्री भानुभक्त ढकाललाई सामुहिक एसएमएस गरेका छन् ।

ढकालले निर्वाचन जितेको मोरङ ३ नम्बर क्षेत्रमा कार्यरत पत्रकारहरुले ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधनको लागि पहल गर्न कानून मन्त्री भानुभक्त ढकाललाई अनुरोध गर्दछौ ।’ भन्ने एसएमएस पठाएका हुन् ।सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउसिन्ल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गर्न दवाव दिदै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा सुनसरीका पत्रकारहरुले हातमा कालो पट्टी बाधेर विरोध जनाएका छन ।

 

तपाईको प्रतिक्रिया