इटहरीः इटहरी क्षेत्रमा  अटो व्यवसाय गरेर बसेका व्यवसायीहरू कानुनी रूपमै सङ्गठित भएका छन् । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन नजिकिँदै गर्दा कानुनी हिसाबले उनीहरूले संस्था दर्ता गराएका हुन् ।
उनीहरूले बुधबार अटो डिलर्स एसोसिएसन नामक संस्था जिल्ला प्रशासन कार्यालय सुनसरीमा दर्ता गरेका हुन  । सो संस्थाको अध्यक्षमा तिरुपति अटो सिटीका सञ्चालक संयोग पराजुली चयन हुनुभएकाे छ । त्यस्तै, उपाध्यक्षमा लोकबहादुर चौहान, सचिवमा महेन्द्र रेग्मी र कोषाध्यक्षमा महेश कार्की चयन हुनु भएकाे छ ।त्यस्तै, सदस्यमा लीलानाथ लुइँटेल, मिसन पराजुली र विनोद पौडेल चयन हुनु भएकाे हाे। अटो व्यवसायीको सङ्घ नभएको र सङ्घको आवश्यकता महसुस भएकाले  उद्योग वाणिज्य सङ्घको वस्तुगत सङ्घमा पनि दर्ता गरिएको अध्यक्ष पराजुलीले बताउनु भयाे ।

तपाईको प्रतिक्रिया