- पवन सुवेदी

इटहरी/ नेपाल सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयक बिरुद्ध इटहरी मा प्रदर्शन भएको छ । नेपाल प्रेस काउन्सिल को आवहान मा भएको देश व्यापी कार्यक्रम अन्तर्गत इटहरी मा पनि प्रदर्शन भएको हो । इटहरीमा कार्यरत सञ्चारकर्मीहरुले कालो पट्टी बाधेर प्रदशन गरेका हुन । नेपाल पत्रकार महासंघ प्रदेश न. १ समितिका अध्यक्ष बिक्रम लुइटेललाई सुनसरीका अध्यक्षले हातमा कालो पट्टी बाँधेर कार्यक्रम सुरुवात गरेका थिए । कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपाल प्रदेश न १ का अध्यक्ष विक्रम लुइटेलले सरकारले ल्याएको मिडिया काउन्सिल बिधेयकले प्रेस तथा अविव्याक्ति स्वतन्त्रतालाई कुठित खोजेको बताए । उनले प्रेस तथा अविव्यक्ति स्वतन्त्र माथि सरकारले ठाडो हस्तक्षेप गरेकोे आरोप लगाए । बिधेयक फिर्ता नभए सम्म आन्दोलनका कार्यक्रम जारि राख्ने पत्रकार महासंघ सुनसरि अध्यक्ष अमर खड्काले जानकारी दिए । बिरोध प्रदशनमा उपस्थित सञ्चारकर्मीहरुले पनी सरकार सगँ तत्कार्ल बिध्यक फिर्ता लिन माग गरे । पहिलो चरणको कार्यक्रम अन्तगत बिहीवार देश भरका सरोकारवाला सगँ अन्तरक्रीया गर्ने साथै शुक्रवार देश भरी सञ्चार सामग्री सहित प्रदशन गर्ने काउन्सिलले जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया