इटहरी । सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको पुर्वी नेपालमा समेत चौतर्फी विरोध हुन थालेको छ ।

संसदमा दर्ता भएको मिडिया सम्वन्धी विधेयक संविधान विपरित रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका केन्द्रीय नेता देखि लिएर , पत्रकारहरुले विधेयकको विरोध गरेका हुन हुन ।

नेपाली काग्रेसको जागरण अभियान अन्र्तगत पुर्वी नेपाल आइपुगेका प्रभावशाली नेता रामशरण महतले अहिलेको सरकारले प्रेस स्वतन्त्रतालाई अंकुस लगाउने गरे संसदमा दर्ता गराएको नेपाल मिडिया काउन्सिल सम्वन्धी विधेयक संविधान विपरित भएको आरोप लगाए । उनले स्वतन्त्र प्रेस प्रजातन्त्रको अभिन्न अंग हुने भन्दै प्रेस स्वतन्त्रताका लागि आफुहरु लडाइ लड्न तयार रहेको वताए । विधेयक फिर्ताका लागि आवाज उठाई रहेका पत्रकारहरुको समर्थनमा आफु आफनो पाटी रहेको समेत महतले जानकारी दिए । नेपाल प्रेस युनियन सुनसरीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै काग्रेस नेताहरु रामकृष्ण यादव र रामहरी खतिवडाले समेत संसदमा दर्ता भएको विधेयक संविधान विपरित भएकोले आफनो पाटी त्यसको विरोधमा रहेको वताए ।

सरकारले संसदमा दर्ता गराएको नेपाल मिडिया काउसिन्ल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक फिर्ता गर्न दवाव दिदै नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा सुनसरीका पत्रकारहरुले हातमा कालो पट्टी बाधेर विरोध जनाएका छन । त्यसै गरि सोही विधेयक संसदबाट फिर्ता लिन दवाव दिन तथा विधेयक दर्ता गर्ने सरकारको विरोध जनाउदै नेपाल प्रेस युनियन सुनसरीले मुखमा कालो पट्टी बाधेर , एक खुट्टाले उभिएर सांकेतिक विरोध जनाएको छ । प्रेस युनियन सुनसरीको आह्वानमा पत्रकारहरु कालो ब्यानर सहित इटहरी मुख्य चौकमा पुगेर एक खुट्टाले उभिएका थिए । सरकारले संविधान विपरित विधेयक ल्याएर आफुहरुलाई कम्जोर वनाउन खोजेको भन्दै विरोधको कार्यक्रम गर्नु परेको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले वताए ।

तपाईको प्रतिक्रिया