बिराटनगर / बिराटनगरस्थित बीरेन्द्र सभागृहमा भएको ‘पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९’ को फ़ाईनल प्रतियोगिता कलिउडकी चर्चित कलाकार , मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यको प्रमुख अतिथ्यतामा सम्पन्न भएको छ ।बिराटनगरमा भइरहेका सौन्दर्य प्रतियोगिता भन्दा फरक कार्यक्रम रहेको आयोजक निरज श्रीवास्तबले बताए साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति श्री योग ईभेंट बिराटनगरको आयोजना तथा भाईरल डान्स स्टुडियो बिराटनगरको सह -आयोजनामा सम्पन्न भएको छ । ७ बर्षदेखि माथि १४ बर्षसम्मका साना १९ जना बालबालिकाहरुको सहभागीतामा भएको पुर्वाञ्चल लिटल स्टारको उपाधी सहित स्मृतिस्मृती मल्लिकले नगद ५१ हजार सहित ट्रफी हात पारिन् भने लिटल स्टारको फस्ट रनरअप कुणाल कुण्डलियाले ३१ हजार नगद सहित ट्रफी त्यस्तै सेकेन्ड रनरअप सापेक्षा श्रेष्ठले नगद २१ हजार सहित ट्रफी हात पारिन् । लिटल स्टारको मुख्य निर्णायकमा क्षितिजा शाक्य र साथमा नशिला शाक्य, अमलेश कर्ण र सपना राजवंशी रहेको लिटल स्टारलाई मोनिका लिम्बुले कोरियोग्राफ गरेकी हुन । लिटल स्टारमा सहभागी भएका बालबालिकाहरुले टयालेन्ट राउन्ड , प्रश्न उत्तर, ल्यागत कुराहरुबाट बिजेता छानिएको कार्यक्रमका संयोजक साईमन राजबंशीले बताए ।

तपाईको प्रतिक्रिया