इटहरी । पछिल्ला केही वर्ष यता देखि पुर्वी नेपालमा व्यवसायिक स्विमींग पुल खुल्ने क्रम बढीरहेको समयमा गर्मीको आगमनसंगै सुनसरीको इटहरीमा रहेको ओसियन पार्कले प्रदेस स्तरिय स्विमींग प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

स्विमींग तर्फ सर्वसाधारणको आकर्षण वढाउने उद्धेश्यले आगामी असार २५ र २६ गते प्रदेस नम्वर १ स्तरिय खुल्ला स्विमींग च्याम्पीयान प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रदेस नम्वर १का विभिन्न ठाउँहरुमा व्यवसायिक रुपमा स्विमींग पुलहरु खुल्ने क्रम बढेसंगै स्विमींगका पारखीहरु समेत वढी रहेको तर्फ मध्यनजर गर्दै प्रतियोगितात्मक रुपमा स्विमींग प्रतिस्पर्धा गराउन लागिएको पार्कका सञ्चालक डम्वर तामागंले जानकारी दिए । उनले प्रतियोगितामा बालबालीका, बयस्क, महिला तथा भेट्रान गरी चार समुहको छुट्टाछुटै प्रतिस्पर्धा गराउने समेत वताए ।

प्रदेश नम्वर १का विभिन्न जिल्लाका दुई सय वढी सहयागी हुने विश्वास गरिएको प्रतियोगिताका विजयी खेलाडीहरुलाई नगद शिल्ड तथा प्रमाण पत्र प्रदान गरिने समेत जानकारी गराइयो । प्रतियोगितामा पुर्व क्षेत्रमा नाम चलेका पौडीवाजहरु समेतको सहभागिता रहेने आयोजक ओशियन पार्कका सञ्चालक तामागंले विश्वास लिएका छन ।

पुर्वमा परिचित ओशियन पार्कमा गर्मीको समयमा छिमेकी मुलुक भारतका सिमावर्ती क्षेत्रका विद्यालयहरुका विद्यार्थीहरु साथै अन्य मानिसहरु समेत स्विमींग गर्न आउने गरेका छन ।

तपाईको प्रतिक्रिया