इटहरी । प्रदेस नम्वर १ का विभिन्न भाषाभाषिका गित संगीतहरु समावेश गरेर सुनसरीको इटहरीमा प्रदेस नम्वर १ स्तरिय बहुभाषिक संगीत उत्सव आयोजना गरिएको छ ।
जातजाति र भाषाभाषिका परम्परागत शैलीका गित संगितको संरक्षण तथा बहुभाषिक गित संगितको विकासमा टेवा पुर्याउने उद्धेश्यले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नेपाल तथा संगीत साधना प्रतिष्ठान नेपालले बहुभाषिक संगीत उत्सवको आयोजना गरेका हुन ।
बहुभाषिक संगीत उत्सवमा प्रदेस नम्वर १मा बसोवास गर्ने जातजातिले बोल्ने विभिन्न भाषामा १६ जना गायक गायिकाहरुले गीत संगीत प्रस्तुत गरेका थिए । बहुभाषिक संगीत उत्सवमा उराँव , मुस्लीम, आठपहरिया राई , थारु , मगर , लिम्बु , चाम्लिगं, दुमी , राजवंशी , धिमाल, शेर्पा ,वान्तवा, सुनुवार , नेपाली भाषाका गित संगीत समावेश रहेका थिए । प्रत्यक्ष गायक तथा संगीत समावेश रहेका कार्यक्रममा अग्रज संगीतकार शिलाबहादुर मोक्तान लगायतका संगीतकारहरुले संगित दिएका थिए । कार्यक्रममा गायकगायिकाहरु मात्र नभएर दर्शकहरुको सहभागीता समेत समावेशी रुपमा रहेको थियो । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिस्ठानका सदस्य अशोककुमार राईको संयोजकत्वमा आयोजित कार्यक्रममा प्रतिष्ठानका पुर्व सदस्य राम धामी लगायतका पुर्वका कला ,गित, संगीत क्षेत्रका कलाकारहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया