इटहरी । सुनसरीको इटहरीलाई स्पोर्टस सिटिको रुपमा बिकास गर्ने योजना अन्र्तगत इटहरी रंगशालामा करिब २५ करोडको लगानीमा ३५ सय सिट क्षमताको भिआईपी प्याराफिट निमार्ण हुने भएको छ ।
प्याराफिट सिलान्यस कार्यक्रममा अन्तराष्ट्रिय मापदण्ड अनुसारको भिआईपी प्याराफिट निमार्ण पछि इटहरी रंगशालाको स्तरमा बिकास हुने राष्ट्रिय खेलकुद बिकास परिषदका सदस्य सचिव केशब बिष्टले बताए । इटहरीलाई खेलको माध्यमबाट पहिचान दिलाउन नेपालमै पहिलो पटक १४ वटा खेलको तालीम दिन सक्ने किसिमको रंगशाला इटहरीमा निमार्ण गरको बिष्टले बताए ।
इटहरी नेपालकै उदायदो शहर भएको कारण खेलकुदसंगै अन्य क्षेत्रको बिकास गर्न सकेको खण्डमा इटहरीको आधुनिक बिकास हुने बिष्टले बताए । प्रतिष्ठा कन्सट्रक्सनले निमार्ण गर्ने ठेक्का पाएको छ भने यहि माघ भित्र निमार्ण काम सम्पन्न गर्ने कम्पनीको प्रतिनिधि धुर्ब रिजालले बताए । सुनसरी जिल्ला खेलकुद बिकास सिमितिका अध्यक्ष अनुरोध थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया