आज साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

त्यस्तै, बिहीबार तेजावी सुन ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज ह्वात्तै घटेर सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, शुक्रबार बजारमा चाँदीको मूल्य यथावत नै रहेको छ ।

बिहीबार चाँदी प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भएको थियो भने आजपनि चाँदी ७२० रुपैयाँमै कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया