इलाम २६ बैशाख/ स्वाथ्य जीवनका यापन गर्न खाद्यान्नमा हुने बिषादीको बारेमा आम नगरिक सचेत हुनुपर्ने इलाम नगरपालिकाको गोदकमा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् । उनिहरूले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश नं. १ विराटनगरले आयोजना गरेको शिक्षा, स्वास्थ्य र खाद्य अधिकार सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा बिषादी बिष भएकोले यसको बारेमा सर्व साधारण जानकार हुनु पर्नेमा जोड दिए ।

आम नगरिकले शिक्षा, स्वास्थ्य र खाद्य अधिकारका बारेमा सचेत हुनुपर्ने जिल्ला समन्वय समिति प्रमुख गणेश बरालले बताए । उनले दैनिक जीवनमा खाद्यान्नको बिषादीलाई कम गर्न सके मानवीय स्वाथ्यमा सुधार हुने बताउँदै खाद्यान्न मिसावटलाई कम गर्न स्थानीय सरकार समेत सचेत हुन आग्रह गरे ।

वडाअध्यक्ष रोमबहादुर लुङ्गेली मगरले सर्वसाधारण नागरिक आफैले पनि मानवलाई नभई नहुँने शिक्षा स्वाथ्य र खाद्य अधिकारको विषयमा सचेत हुनु पर्नेमा जोड दिए । उनले नागरिक आफैले समाधानी र सचेतना अपनाउन सके बिषादीयुक्त खाद्यान्नबाट बच्न सक्ने बताउँदै खाद्यान्नमा बिषादी प्रयोग नगर्न आग्रह समेत गरे ।

इन्सेकका सोमराज थापाले आम नगरिक खाद्यान्नमा प्रयोग हुने रसायन, खाद्यान्नमा प्रयोग हुने बिषादीको विषयमा सचेत हुँदै गएको बताए । उनले इन्सेकले तीनवर्ष अघिदेखि गोदक र पञ्चकन्यामा सञ्चालन गरेको सचेतनाले स्थानीयमा सकारात्मक परिवर्तन आएको जानकारी गराए । इन्सेकले यसका लागि १२ लाख १० हजार रूपायाँ खर्च गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया