इटहरी । इटहरी उपमहानगरपालिकाको संयोजनमा सञ्चालीत प्रदेस स्तरीय दोस्रो मेयर कप तेक्वाण्दो प्रतियोगितामा इटहरी प्रथम , धरान दोस्रो र चौदण्डीगण्ढी टिम तेस्रो भएका छन । प्रदेस नम्वर १ का स्थानीय तहका १८ टिमको प्रतिस्पर्धा रहेको प्रतियोगितामा इटहरी उपमहानगरपालिका टिमले ६स्वर्ण एक रजत र ३ काष्य पदक हात पार्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो भने धरान उपमहानगरपालिका टिम ४ स्वर्ण र ५ काष्ठ पदक हात पार्दै दोस्रो तथा चौदण्डीगढी नगरपालिका २स्वर्ण र ५ रजत प्राप्त गर्दै तेस्रो बनेको हो । विजयी टिमका खेलाडिहरुलाई समापन कार्यक्रमकी प्रमुख अतिथी इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतम , खानेपानी उपभोक्ता संस्था इटहरीका अध्यक्ष रामप्रसाद चौलागाई लगायतले शिल्ड तथा प्रमाण पत्र वितरण गरे ।इटहरी रंगशालामा सञ्चालीत प्रतियोगिताको फाइट तर्फ पुरुष ३० केजी देखि ५८ केजी समुह सम्म ९ वटा स्वर्ण र महिला तर्फ ३७ केजी देखि ४९ केजी सम्म ५ वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता इश्वरविक्रम शाहको संयोजकत्व सञ्चालन भएको थियो ।

तपाईको प्रतिक्रिया