२१ बैशाख शाहका लागि निकै दुखदायी दिन हो । आमाको सिन्दुर पछिएको दिन हो भने शगुना शाह टुहुरो भएको दिन हो । २१ बैशाखकै दिन आज आमाको मुख हेर्ने दिन परेको छ । शगुनाका लागि आमाभन्दा बाबुलाई बढि सम्झने दिन परेको छ ।

काठमाडौं । ‘मातातीर्थ औंसी’ बर्षमा एक दिन आउने यो दिन कसैका लागि खुसी ल्याउँछ भने कसैका लागि दु्ख । जन्म दिने र सवैभन्दा बढि माया गर्ने आमाको न्यानो काखमा पुग्नेहरु यो दिन रमाउँछन् । आमा नहुँनेहरु यो दिनलाई सम्झेर आँसु खसाल्छन् । यो दिनलाई सम्झने हरेक ब्यक्तिका हेरेक इतिहास होलान तर साहित्यकार शगुना शाहका लागि आमा भएर पनि यो दिन दुखदायी छ ।

२१ बैशाख शाहका लागि निकै दुखदायी दिन हो । आमाको सिन्दुर पछिएको दिन हो भने शगुना शाह टुहुरो भएको दिन हो । २१ बैशाखकै दिन आज आमाको मुख हेर्ने दिन परेको छ । शगुनाका लागि आमाभन्दा बाबुलाई बढि सम्झने दिन परेको छ ।

शगुनाले यसरी सम्झिन यो दिन

आज भन्दा ३४ बर्ष अघि, बैशाख २१ गतेकै दिन मेरो बुवाले हृदयघातबाट ज्यान गुमाउनु भयो । कलिलै उमेरमा बुवाले ज्यान गुमाएपछि मेरो आमाको रगिन दुनियाँ सकियो । आमामा दुखको भारी एकातिर थियो भने अर्काेतिर बाबुको पनि जिम्मेवारी निर्वाह गर्ने भूमिका थपिएको थियो ।

आजको दिनसम्म पनि उहाँँको अदम्य साहस, कठिनाईसँगै पौठेचरी र अथाह ममताले मेरो बिचार बदल्यो । आमालाई जुनै उपमा दिएपनि मेरालागि अपूरो र फिक्का हुन्छ । मेरी आमा मात्र हैनन् बुवा पनि हुन ।

 

तपाईको प्रतिक्रिया