प्रदेश नं १ को राजधानी इटहरीलाई बनाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसो २ बजे सुनसरीको इटहरी मा सडक पत्रकार सम्मेलन गर्न लागिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले १ नं प्रदेशको राजधानी इटहरी नै बनाउनुपर्ने माग गर्दै कार्यक्रम गर्न लागेको हो । प्रदेश १ को सबै स्थानलाई पायक पर्ने ठाउँ, भौगोलिक, सांस्कृतिक र पर्यटकीय हिसाबले पनि राजधानीका लागि अतिउत्तम रहेको भन्दै दबाबस्वरुप कार्यक्रम गर्नलागिएको हो ।

प्रदेसको नाम र राजधानीका विषयमा स्थानीय देखि प्रदेस तथा संघिय निर्वाचनको समय देखि नै राजनैतिक दलले मुख्य चुनावी मुद्धा बनाएका थिए तर निर्वाचन सम्पन्न भएर प्रदेससभा गठन भएको यक्तीका समय वितीसक्दा समेत प्रदेस नम्वर १को राजधानी र नाम जुराउन प्रदेससभाले सकिरहेको छैन । एका तर्फ प्रदेससभाले प्रदेसरको राजधानी र नाम जुराउन सकिरहेको छैन भने अर्का तर्फ प्रदेसको राजधानी र नामलाई लिएर दवाव मुलुक कार्यक्रमहरु समेत हुदै आएका छन । प्रदेसको राजधानीका सवालमा निर्वाचनको समयमा जनतालाई आस्वासन बाढ्ने दल तथा नेताहरुलाई अहिले भने सहज हुन सकेको छैन । पुर्वी नेपालका १४ जिल्ला रहेको प्रदेस नम्वर १को राजधानीका लागि पाँच स्थानको नाम चर्चामा रहदै आएका छन । पुर्वाञ्चल विकास क्षेत्र रहदाको समयमा क्षेत्रीय सदरमुकाम रहेको धनकुटा , सुनसरीका धरान र इटहरी साथै मोरगंको विराटनगर र गोठगाउँको नाम चर्चा र बहसमा रहेका स्थानहरु हुन । प्रदेस नम्वर १ को मध्य भागमा पर्ने तथा क्षेत्रीय सदरमुकाम हुँदाका पुर्वाधारहरु भएको कारणले गर्दा धनकुटालाई प्रादेसिक राजधानी वनाउनु पर्नेमा माग समयसमयमा उठाउदै आइएको छ । प्रदेस नम्वर १मा रहेका दुई उपमहानगरपालिकाहरु धरान र इटहरीको नाम पनि उठाइएको छ । त्यसै गरी अस्थाई राजधानीका रुपमा रहेको विराटनगर र मोरगंकै गोठगाउँलाई प्रदेसको स्थायी मुकाम बनाउनु पर्ने माग समेत हुदै आएको छ । प्रदेससभा गठन भएसंगै प्रदेसको राजधानी र नामका विषयमा निकै ठुलो चर्चाहरु दवाव मुुलुक कार्यक्रमहरु भएपनि त्यसपछि साम्य वन्दै आएको थियो भने पुनः विषयलाई लिएर प्रदेस नम्वर १मा चर्चा सुरु भएको छ ।

यही क्रममा इटहरीलाई प्रादेसिक राजधानी बनाउनु पर्ने माग राख्दै प्रदेस नम्वर १को इटहरी भौगोलीक तथा अन्य दृष्टिकोणले समेत उपयुक्त हुने भन्दै सर्वदलीय सिमती गठन गरीएकाे छ ।  सर्वदलीय सिमती ले  बिभिन्न दवाव मुलक कार्यक्रम गर्ने भएको छ । इटहरीलाई प्रादेसिक राजधानी बनाउनुपर्ने माग गर्दै शुक्रबार दिउँसो २ बजे सुनसरीको इटहरी मा सडक पत्रकार सम्मेलन गर्न लागिएको छ । युवा, बुद्धिजीवि, राजनीतिक दलका प्रतिनिधि, व्यापारीले १ नं प्रदेशको राजधानी इटहरी नै बनाउनुपर्ने माग गर्दै कार्यक्रम गर्न लागेको हो । यस अघि पनि इटहरीलाई प्रदेसको राजधानी बनाउनु पर्ने माग राख्दै प्रदेससभाका केही सदस्यहरु समेतको टोलीले प्रदेस सभा गठन भएपछि काठमाडौ. पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।प्रदेस सभाले राजधानी र नामाकनको विषयलाई लिएर विवाद सतहमा आउनु भन्दा अगाडि नै भौगोलिक तथा अन्य दृष्टिकोणले सहज हुने स्थानलाई प्रादेसिक राजधानी र नामकनको विषय नटुंग्याउने हो भने प्रादेसिक राजधानी र नामको विषयले कलह सिर्जना गर्न सक्ने तर्फ सरोकारवाला सबैको ध्यान जान जरुरी देखिन्छ ।

तपाईको प्रतिक्रिया