प्रदेशको नाम र राजधानीको विषय टुंग्याउने विषयमा १ नम्बर प्रदेशका राजनीतिक दलको सर्वदलीय बैठक जारी छ । विराटनगरका बिग होटलमा जारी बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की,राप्रपा नेपालकी इन्दीरा राई, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव,संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र को सहभागीता छ । नेकपाका पदाधिकारी तथा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुर र मोरङका सांसदहरुबीच बिहानैदेखि छलफल जारी छ । यता नेकपा भित्रै मत विभाजन भएपछी नकपाकै अन्य सांसदहरुसँग पनि अझै दुई चरणमा छलफल गर्ने जानकारी दिइएको छ ।

यस्तो पनि हुन सक्छ

प्रदेशको नाम र राजधानीको बिषय पेचिलो बनिरहेका बेला बिहिबार बिहान शीर्ष ५ नेताहरुबीचमा हुने बैठकले गर्ने निर्णय अन्तिम हुनसक्छ । ’पार्टीले ह्विप नै जारी गरी कुनै एक स्थानमा राजधानी र प्रदेशको नाम तोक्न सक्ने अबस्था छ । यसअघि विभिन्न दल र संघसंस्थाहरुले किराँत, सगरमाथा, कोशी, लिम्बुवान वा विराट हुनुपर्ने प्रस्ताव गरिसकेका छन ।

नेकपाभित्र भने कोशी प्रदेशमा सहमति जुटाउन कसरत भइरहेको छ । प्रदेशको नाम ’किरात कोशी वा किरात सगरमाथा राख्नुपर्छ भनेर समहतिको प्रयास हुदैछ ।’ पुर्वमा ओवादीका नेता र सांसदहरु किरातसँग सकरात्मक छन् । मुख्यमन्त्री शेरधन राई पनि किराँत फुर्को मात्र भएपनि राख्ने पक्षमा भएको बुझिएको छ । तर केही सांसदहरु कोशी वा सगरमाथा मध्ये एउटा नाम राख्ने पक्षमा छन् । कोशी वा सगरमाथा राख्दा त्यसले सबैको प्रतिनिधित्व हुने उनीहरुको दाबी छ ।

नाम कोशी राजधानी बिराटनगर

प्रदेशको नाम र राजधानीको बिषयले चर्चा पाईरहँदा धेरैको अनुमान र संकेत प्रदेशको नाम कोशी वा सगरमाथा मध्ये एक हुने र त्यसमा पनि कोशीको सम्भावना बढी देखिएको छ । राजधानीका बिषयमा अन्तिममा बिराटनगर नै हुने धेरैको आँकलन रहेको छ । अन्यत्र राजधानी माग गरिएपनि लगभग बिराटनगरमा सहमति भईसकेको र अन्यत्र ठाँउमा कुनै न कुनै मन्त्रालय वा सम्पर्क कार्यलय दिएर भएपनि राजधानी बिराटनगर हुने स्रोत बताउँछ ।

तपाईको प्रतिक्रिया