इटहरी । इटहरीकी सेबिका कोइराला ‘नेपाल गोल्डेन आइडल सिजन ६’ को विजेता बनेकी छिन् ।

एक हजार प्रतिस्पर्धीलाई उछिन्दै फाइनलमा पुगेकी इटहरीकी कोइराला अन्ततः विजेता बनेकी हुन् ।
इटहरीस्थित बिश्व आर्दश स्कुलको कक्षा ९ मा अध्यानरत कोइरालाले विजेता बनेसंगै १० लाख रुपैयाँ नगद सहित ट्रफि हात पारेकी छिन् ।

यसअघि सेबिकाले बेष्ट डान्सर, मस्ट पपुलर अप सेभेन राउण्ड, बेष्ट प्रर्फर्मर र पपुलर भोटिङको टाईटल समेत जितेकी थिइन् ।

सेबिका कोइराला जिताउ अभियानका संयोजक नबिन कटुवालले सेबिकालाई जिताउन भोटिङ तथा अन्य माध्यमबाट सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया