इटहरी । विगत आठ वर्ष देखि इटहरीमा सञ्चालन गरिदै आएको स्कुल थिएटरको सातौं सस्करण इटहरीको तायरिप्ची भवनमा नाटक सुरु भएको छ ।
रंग मञ्च तर्फ नयाँ पुस्तालाई आर्कषित गर्ने मुख्य उद्धेश्यका विद्यार्थीहरुलाई नाट्यकलाका क्षेत्रमा प्रशिक्षण दिएर विद्यार्थीहरुकै निर्देशन र अभिनय रहने स्कुल थिएटरको सातौं संस्करण विद्यार्थीहरुले नाटक          गरेका छन् ।
नयाँ पुस्तालाई नाटक तर्फ आर्कषण गर्ने मुख्य लक्ष्य लिएर सञ्चालन गरिदै आएको स्कुल थ्रिएटरका लागि विगतमा कलालयले इटहरीमै विद्यार्थीहरुलाई जम्मा पारेर अभिनय तथा निर्देशन कलाको प्रशिक्षण दिने गरिएकोमा यस पटक विद्यालयमै गएर गरिएको कलालयका अध्यक्ष सोनु जयन्ती वताउछन । स्कुल थ्रिएटर सञ्चालनमा आएपछि नाट्य क्षेत्रमा नयाँ पुस्ताको प्रवेश हुन थालेको पुस्टी गर्दै स्कुल थिएटरको पहिलो सस्करणमा समावेश विद्यार्थीहरुकै प्रशिक्षणमा सातौं सञ्चालन भई रहेको समेत जयन्तीले जानकारी दिए ।
स्कुल थिएटरका माध्यमबाट बालवालिकाहरुमा पनि नाटक प्रति आकर्षण बढ्न थालेको सातौं सस्करणमा मञ्चन गरिदै आएको मुसाहरुको भेला नामक नाटकका निर्देशक समेत रहेका विनय कोइराला वताउछन । भोलीको दिनमा अहिले नाटक क्षेत्रमा प्रवेश गर्दै गरेका स्कुले विद्यार्थीहरु सफल रंगकर्मी बन्ने उनले विश्वास गरे । बालवालिकाहरुका नाटक हेर्न आएका अभिभावकहरु समेत बालवालिकाहरुको अभिनय हेरेर दंग बन्न पुगेका छन । स्कुल थिएटरको सातौं सस्करणमा आरम्भ विद्या मन्दिर झुम्का , ब्राइट फ्युचर सेकेण्डरी स्कुल आँपगाछी , एसोएस बालग्राम इटहरी र अन्य विद्यालयका विद्यार्थीहरुका वृद्धहरुको भेला, मुसाहरुको भेला , बुढो मान्छेको सपना र प्रकृति शिर्षकका नाटकहरु मञ्चन गरिए ।
सो नाटक १२ गते पनी प्रदर्शन गरिने छ ।

तपाईको प्रतिक्रिया