नेपालमा २०७२ बैशाख १२ १३ र २९ गते गएको विनाशकारी भूकम्पले हजारौ मानिसहरुको मृत्यु भएको छ भने लाखौ मानिसहरु विस्तापित भएका छन् | भुकम्प सकिएपनि नेपानी प्राय जसो सधै गईरहने भूकम्पको सानातिना कम्पन अझै गईरहेको छ ।

nepal

नेपालको इतिहास हेर्ने हो भने नेपालमा सर्वप्रथम सन् १२५५ मा पहिलो भुकम्प गएको देखिन्छ | उच्च प्रविधिको विकास नभएकाले उक्त भूकम्पको मापन भने अनिर्णित छ | उक्त भूकम्पमा ६ जनाको मृयु हुनुका साथै धेरै मानिसहरु विस्तापित हुनुका साथै धेरै मठ मन्दिरहरु भग्नाबसेषमा परिणत भएको तथ्यांकले देखाउछ | यी बाहेक नेपालका भूकम्पको बर्गिकरण यसरि गरिएको छ |

नेपालमा भूकम्पको इतिहास 
सन् १२५५ को भूकम्पको मापन अनिर्णित, ६ जनाको मृत्यु लाखौ मानिसहरु विस्तापित | धेरै मठ मन्दिरहरु भग्नाबसेषमा परिणत |

बि.सं १३१० आषाढ शुक्ल तृतीया सोमबारको दिन काठमाण्डौंमा गएको करिब ७.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

बि.सं १३१६ गएको भूकम्पका कारण धेरै जनधनको क्षति भएकाले नेपालमा अनिकाल लागेको थियो ।

वि.सं १४६४ भाद्रमा आएको भूकम्पबाट ठूलो संख्यामा जनधनको क्षति भएको छ ।

वि.सं १७३७ पौषमा रातको समयमा गएको भूकम्पबाट धेरै जनधनको क्षति ।

वि.सं १७३८ जेष्ठ शुक्ल दिनमा गएको भूकम्पबाट धेरै घर क्षतबिक्षत ।

वि.सं १८२४ आषाढ १ का दिन २४ घण्टामा २१ पटक भूकम्पको झड्का दिएको ऐतिहासिक तथ्य ।

वि.सं १८६६ जेष्ठ दशहराका दिन २१ पटक भूकम्पीय धक्काको अनुभव ।

वि.सं १८८० यम पञ्चमीका दिन लगभग १७ पटक भूकम्पको झड्का ।

वि.सं १८९० भाद्र १२ गते सोमबार गएको भूकम्पले काठमाण्डौं उपत्यकाका ४,२१४ घर, देशभर १८ हजार घर क्षति भएको अनुमान । सोमबारको साँझदेखि रातीसम्ममा २३ पटक सम्म भूकम्पका धक्का । उक्त भूकम्पको परकम्पन केहि दिन सम्म प्रति दिन ४० देखि ५० पटकसम्म ।

वि.सं १८९१ असार र असोजका दिनमा गएको भूकम्पले धेरै घरको नोक्सानी ।

वि.सं १९७३ नेपालको सुदूरपश्चिमाञ्चल क्षेत्रमा ठूलो भूकम्प ।

वि.सं १९९० माघ २ गते दिनको २ बजे २४ मिनेट २२ सेकेण्ड जाँदा नेपालको पूर्बी क्षेत्र चैनपुरमा केन्द्रबिन्दु बनाएर गएको ८.४ रेक्टर स्केलको महा भूकम्पबाट ८,५१९ जनाको मृत्यु, घर, देवालय र पाटी पौवा समेत गरी २ लाख ७ हजार ७४० वटा संरचना भग्नावशेषमा परिणत ।

वि.सं २०२३ असार १३ गते सुदूरपश्चिमाञ्चल क्षेत्रमा आएको भूकम्पबाट २४ जनाको मृत्यु हुनुका साथै १ हजार ३ सयभन्दा बढी घरहरुको पूर्ण क्षति ।

वि.सं २०३७ श्रावण १४ गते बझागं जिल्लामा आएको ६.४ रेक्टर स्केलको भूकम्पबाट १६ जिल्लामा गरी १०३ जनाको मृत्यु र साढे २ सय हजार भन्दा बढी घरहरु क्षतिग्रस्त ।

त्यस्तै वि.सं २०४५ भाद्र ५ गते विहान ४ बजेर ५४ मिनेटमा नेपालको पूर्वी जिल्ला उदयपुरलाई केन्द्र बिन्दु बनाएर गएको ६.६ रेक्टर स्केलको भूकम्पबाट ७२१ जनाको मृत्यु र करिब ६५ हजार घर भन्दा बढी घर क्षतिग्रस्त ।

वि.सं २०७२ बैशाख १२ गते शनिबार बिहान ११ बजेर ५६ मिनेटमा गोरखाको बारपाकलाई केन्द्र बिन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको भूकम्प र १३ गते आइतबार सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएको ६.९ रेक्टर स्कलको भूकम्पले अहिले सम्म ८ हजार भन्दा बढी ब्यक्तिको मृत्यु, करिब १५ हजार घाइते ।

२०७२ सालकै बैशाख २९ गते दोलखा र सिन्दुपाल्चोक केन्द्र विन्दु बनाएर गएको भुकम्पको कारण लगभग १५० जनाको मृत्यु भने २ हजार भन्दा बढी घाइते र हजारौ घरमा क्षति |

विश्वमा भूकम्प

त्यस्तै विश्वको इतिहास हेने हो भने यूएसजिएस नेशनल अर्थक्विक इन्फरमेसन सेन्टरले दिएको तथ्यांक अनुसार चिल्लिलाई केन्द्र विन्दु बनाएर सन १९६०, मे २२ मा ९ बजेर ११ मिनेटमा गएको ९.५ रेक्टर स्केलको भूकम्पनै विश्वको शक्तिशाली भूकम्पको रुपमा हेरिएको छ |

worlds-largest

उक्त भूकम्पमा दक्षिणी चिल्लिमा मात्रै ५५० मिलियन डलर बराबरको धनमाल क्षति हुनुका साथै २० लाख मानिस घरबार बिहिन भएका थिए भने करिव १६५५ जना मारिएका थिए ३००० जना घाइते भएका थिए | उक्त भूकम्पको पराकम्पन हवाली,जापान र फिलीपीन्समा समेत महसुश गरिएको थियो |

उक्त क्षेत्रमा पनि धेरै मानिसहरुको मृत्यु भएको र धेरै धनमालको क्षती भएको थियो ।

तपाईको प्रतिक्रिया