पथरी । ईलाका प्रहरी कार्यलय पथरीमा नाराजुलुस सहित पुगेका स्थानीयलाई तितरबितर गर्न प्रहरीले २ राउण्ड हवाईफायर गरेपछि प्रहरीको बिरोधमा स्थानीयले सडकमा टायर बालेर बिरोध गरेका छन । ईलाकाको गेटमा समेत स्थानीय महिलाहरुले प्रर्दशन जारी राखेका छन । प्रर्दशनका क्रममा एक जना घाईते भएका छन । रिना बस्नेतको न्यायको लागी माग गर्दा गोली चलाएको भन्दै प्रहरीबिरुद्ध नाराबाजी सहित स्थानीयले प्रर्दशन थालेका छन । पथरीमा दिनप्रतिदिन हत्या र हिंसाका घटना बढदै जाँदा स्थानीयहरु सुरक्षाको माग सहित सोमबारबाट सडकमा उत्रिएका छन । मंगलबार उनीहरुले नगरपालिका र ईलाका प्रहरी कार्यलयमा प्रर्दशन गरेका छन ।उनीहरुले राजमार्गमा चक्काजाम र नगरपालिकामा तालाबन्दी समेत गरेका छन । शनिबार बिहान नग्न अबस्थामा मृति भेटिएकी रिना बस्नेतको हत्यामा संलग्नलाई कारबाही र शान्ति सुरक्षाको मागसहित पथरीबासी आन्दोलनमा रहेका छन ।

तपाईको प्रतिक्रिया