इटहरी/ प्रदेस न १ को इटहरीमा अहिंसात्मक सञ्चार र नेतृत्व बिषयक प्रदेस स्तरिय कार्यशाला हुने भएको छ।२ दिन सम्म संचालन हुने उक्त कार्यशाला मा अहिंसात्मक सञ्चार को परिचय,सञ्चारका आधारभुत प्राकृतिक सिद्धान्तहरु,प्रभाबकारी सञ्चार कला,प्रस्तुतीकरण का लागि आबस्यक आधारभुत ज्ञान लगाएतका विषय हरु समेटिने आयोजक ले बताएका छन।अहिंसात्मक सन्चार को ३० जना प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रममा सहभागी हरुले कार्यक्रम पस्चात विभिन्न विद्यालय तथा समुदायमा सचेतनामुलक कार्यक्रम हरु संचालन गर्ने छन।देसको जुन सुकै कुना बाट सहभागी हुन सक्ने कार्यक्रममा सहभागी हरुले तालिम पश्चात् रास्ट्रीय प्रशिक्षक समूहमा रहेर काम गर्न सक्नुका साथै अन्तरास्ट्रिय प्रमाणित प्रशिक्षकको रुपमा काम गर्नका लागि पनि अबसर प्राप्त गर्न सक्ने कार्यक्रम को संयोजक ममिता भन्डारी ले जानकारी दिएकि छन।

तपाईको प्रतिक्रिया