इटहरी/ हिन्दू अधिराज्य स्थापना गर्न र राजसंस्था पुनर्स्थापना गर्न यतीवेला शिव सेना नेपाल सक्रीय भएको छ । शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतले भ्रष्ट एवं नैतिकहिन नेताहरुले बाहिरबाट आयत गरीएको गणतन्त्र तथा धर्म निरपेक्षता र संघियता जस्ता बिषालु हतियार प्रयोग गरी देशलाई बिखण्डन गरीनुको साथै हिन्दु धर्म संस्कृति तथा संस्कार एवं परम्परालाई नै समाप्त पार्ने खेलेको बताउनु भयो । उहाँले नेपाल चाँडै राजा सहितको हिन्दु राष्ट्र बन्ने दावी गर्नुभयो ।
हिन्दुधर्मावलम्बिहरुमाथि चारैतिरबाट प्रहार भै रहेकै क्रममा देशमा बढ्दो गरीबी, ब्यापक भ्रष्टाचार, युवा बेरोजगारीविभेद, अन्याय र अत्याचार लगायतका जस्ता अनेकौ पिडाबाट पिडित नेपाली समाजलाई उक्त पिडाहरुबाट उन्मुक्ति दिन देशमा राजसंस्था खावश्यक रहेको बताउनु भयो उहाँले चाँडै राजसंस्था पुर्नस्थापना गर्ने दावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया