काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको छ । टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १६३ रन बनाएको थियो । दिल्लीले जवाफमा १९.४ ओभरमा ५ विकेटको क्षतिमा १६६ रन बनाउँदै जित हासिल गर्यो

दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । उनका साथै कगिसो रबाडा र अक्षर पटेलले २-२ विकेट लिए । सन्दीपले स्टाइलिस प्लेयर अफ द म्याच बने र एक लाख भारु पुरस्कार पाए ।

तालिकाको तेस्रो स्थानमा रहेको दिल्लीले यो जितसँगै १० खेलबाट १२ अंक बनाएको छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ ।दिल्लीको तर्फबाट कप्तान श्रेयस अय्यर सर्वाधिक ५८ रन बनाउँदै म्यान अफ द म्याच बने । आईपीएलमा १२ अर्धशतक बनाएका अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए ।

यसैगरी पृथ्वी शाले ११ बलमा १३ रन, शिखर धवनले ४१ बलमा ५६, ऋषभ पन्तले ७ बलमा ६ र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाबकोतर्फ हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरप्रित बरार १२ बलमा २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

तपाईको प्रतिक्रिया