छथर / नेपाल सरकारका कानुन,न्याय तथा संसदिय मामिला मन्त्री माननीय भानुभक्त ढकालले अन्य स्थानीय तहबाट छथर गाउँपालिकामा बसाइँसरी आउने नागरिकहरुलाई व्यवसायी अनुदान प्रदान गर्नुभएको छ । छथर गाउँपालिकाको पुर्वघोषित कार्यक्रम अन्तरगत विपन्न परिवारका लागि विटर बक्स, कालो तार (३००) घरलाई, जस्तापाता अनुदान सहयोग (७०) घरदुरीलाई र अन्य स्थानीय तहबाट बसाइँसरी आउने नागरिकहरुलाई व्यवसायी अनुदान (११) घरदुरीलाई दिने गरि प्रारम्भ गरिएको छथर गाउँपालिकाको प्रवक्ता राजन नेपालीले बताउनुभयो ।
कार्यक्रम गाउपालिका अध्यक्ष श्री सन्तविर लिम्बू (सन्तोष) को अध्यक्षतामा संचालन गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि संघिय संसद माननीय भवानी खापुङ, विशेष अतिथि प्रदेश नं १ का संसद सदस्य माननीय लक्ष्मण तिवारी,मोरङ जिल्ला क्षेत्र नं ३ का प्रदेश संसद सदस्य राजकुमार ओझा,जिल्ला समन्वय समितिका प्रमुख श्री शिव ढुङगाना,माननिय मन्त्री ज्युको सोकिय सचिव श्री भुवन खतिवडा,सुरक्षा अङगका प्रमुखहरु,जिल्ला समन्वय समितिका सदस्य श्री थानाहाङ सुब्बा, गाउपालिका उपाध्यक्ष श्री तारा खरेल ढकाल,गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमार बस्नेत,लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया