इटहरी । इलेक्ट्रोनिक सबै प्रकारका सामाग्रीहरु एकै ठाउँमा पाउने गरी प्रदेस नम्वर १कै प्रमुख व्यापारिक नगरी इटहरीमा चौधरी ग्रुपले मल्टी ब्राण्ड सोरुम सञ्चालनमा ल्याएको छ ।

सिजी ,एलजी ,टीटीएल, गोज्रेट बा्रण्डका सबै इलेक्ट्रोनिक्स सामाग्रीहरुको सोरुमको इटहरी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेशकुमार विष्टले उद्घाटन गरे ।

राइस कुकर,एलडी टिभी , म्याकुम, एसी लगायतका इलेक्ट्रोनिक्स सामाग्रीहरु एकै ठाउँमा विक्री गर्ने गरी सोरुप सञ्चालनमा ल्याएको सिजी ग्रुपका सुनिलकुमार पुजनले जानकारी दिए । सीजी ग्रुपले इटहरीमा सञ्चालनमा ल्याएको १५ सोरुम भएको समेत पुजनले जनाए । यस अघि सीजी ग्रुपका काठमाडौं उपत्यकामा मात्र १४बटा सोरुम रहेको थियो । इटहरीमा सीजी ग्रुपले सञ्चालनमा ल्याएको सोरुम उद्घाटनको अवसर पारेर केही दिनका भिजिटर लक्की ड्र,सामान खरिद गर्ने उपभोक्ताहरुका लागि दैनिक,साप्ताहिक र बम्पर उपहार योजना समावेश गरिएको सीजी गु्रपकी रिटेलर मार्केटीगं प्रमुख तारा लामाले जानकारी दिइन । सीजी ग्रुपका इलेक्टोनिक सामानहरुको छुट्टाछुट्ै सोरुमहरु भएपनि सबै सामानहरु एकै ठाउँमा पाउने गरी पुर्व क्षेत्रमा सोरुम विस्तार गर्ने क्रममा इटहरीमा १५ सोरुमका रुपमा सञ्चालनमा ल्याइएको जनाइयो ।

तपाईको प्रतिक्रिया