इटहरी । इलाका प्रहरी कार्यालय इटहरी र होटल व्यवसायी संघ बिच व्यवसायीहरुको समस्याको बारे इटहरीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । इटहरी होटल व्यवसायी संघले आयोजना गरेको उक्त कार्यक्रममा होटल सञ्चालकहरु, नागरिक समाज , उद्योग बाणिज्य संघ लगायतको उपस्थिती रहेको थियो । होटल व्यवसायीहरुलाई प्रहरीको हेर्ने दृष्टिकोणको कारण व्यवसायमा समस्या पर्दै गएको होटल व्यवसायीहरुले बताएका छन् । नेपालमा पर्यटन बर्ष मनाईरहदा पर्यटनको मुल आधार होटल व्यवसायीलाई प्रहरीले गर्ने व्यवहारमा परिवर्तन गर्नु पर्ने कार्यक्रमका सहभागीहरुले बताएका हुन् । इटहरीका नाम चलेका केही होटलहरु प्रहरीका कारण बिस्तापित भएको होटल व्यवसायी संघका अध्यक्ष जिवन पराजुलीले आरोप लगाए ।
बिना कारण जथाभावी प्रहरी चेकिङको नाममा समयको ख्याल नगरि होटलका कोठाहरु बाट ग्रहक तथा पाहुनाहरु पक्राउ गरिदिनाले प्राय होटलहरुमा आउने पाहुनाहरु घटेको गुनासो गर्दै प्रहरीले चेकिङ गर्ने प्रक्रृयामा सुधार गर्न सुझाव अध्यक्ष पराजुलीले दिए । होटलका कोठा ढकढकक्याउनु भन्दा होटलको रेकर्ड फाईल हेरेर संखा लागेको व्यक्तिलाई अनुसन्धानको दायरमा राख्न समेत अध्यक्ष पराजुलीले आग्रह गरे ।
त्यसैगरि इटहरीमा गुण्डागर्दी ,लागुऔषध र बेश्याबृति समाजका मुख्य समस्या रहकोले समाज सुधारमा प्रहरी सधै अग्रसर रहने हुदा सहि सुचनाका आधारमा मात्र प्रहरीले होटलमा छापा मार्ने गरेको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी प्रमुख डिएसपी समिरचन्द्र खरेलले बताए । प्रहरी अनुसन्धानमा होटलहरुमा मात्र नभएर यक्तिको घर भाडा लिएर पनि यौन धन्दा चलाएको पाईएको छ । समाजमा बिकृतिले जरो गाड्दै गएको बेला प्रहरीले गर्ने अनुसन्धानमा कसैले पनि अवरोध श्रृजना नगर्न कार्यक्रमलाई सम्बोधन गदै डि एस पि खरेलले आग्रह गरे ।

तपाईको प्रतिक्रिया