इटहरी/वेदान्त हस्पिटल र मोरङ सुनसरी सेवा समाज नेपाल को सयुत आयोजनामा निशुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । ख्याती प्राप्त बिशेषज्ञ डाक्टरहरु बाट २ सय ५० जना बिभिन्न रोगका बिरामीको निशुल्क स्वास्थ्य सेवा लिएका थिए । शिबिरमा बिरामीलाई निशुल्क औषधीको पनि ब्यबस्था गरिएको थियो । सिबिरमा मनोपरामर्श सेवा समेत दिएको थियो । सुनसरीको इटहरीमा रहेको कचना महादेव मन्दिरमा सञ्चालन गरिएको बृहत् स्वास्थ शिबिरमा हात खुट्टा कम्मर पोल्ने, झम झम गर्ने, मुटुको समस्या, नाक, कन, घाटी, बाथ रोग, सुगर, प्रेसर, खान मन नलाग्ने, आलस्य हुने, स्त्री सम्बन्धी रोग हरु मैनवरी गढबढी, दम रोगको परिक्षण रोगक बिमारि हरु आएको बेदान्त का संचालक ईन्द्र श्रेष्ठ ले बताए । सिरुवा मेलालाई लक्षित गरि सञ्चालन गरिएको शिबिरमा वेदान्त हस्पिटलका बिशेषज्ञ डाक्टरहरु द्रारा सेवा प्रदान गरीएको थियो । शिवीरमा मोरङ सुनसरी सेवा समाज नेपाल कने सहकार्यमा १० हजार बढीलाई निशुल्क पिउने पानी वितरण गरीएको थियो । वेदान्त हस्पीटलले यस अघि पनि पटक पटक यस प्रकारको निशुल्क स्वास्थ्य शिबिर संचालन गर्दै आएका छ ।

तपाईको प्रतिक्रिया