इटहरी । बहुउपयोगी सामुदायिक भवन निर्माण सहयोगार्थ सुनसरीको इटहरी २ शान्तिनगरमा रहेको तिरुपति शिव मन्दिरमा सञ्चालन भई रहेको श्रीमद्भागवत सप्ताहमा सहयोग जुटने क्रम जारी रहेको छ ।
इटहरी क्षेत्रकै पुरानो बस्तीका रुपमा रहेको शान्तिनगरमा बहुजातीको बसोबास रहेको क्षेत्र भएपनि सार्वजनिक कार्यक्रमहरु ऋायोजना गर्न सामुदायिक भवन नभई रहेको तर्फ मध्यनजर गर्दै सामुदायिक भवन निर्माण सहयोगार्थ सञ्चालन गरिको पुराण सहयोग जुट्ने क्रम जारी रहेको हो ।
इटहरी २ स्थीत शान्तीनगर देवीथान चोकमा रहेको तिरुपति शिव मन्दीरकै जग्गामा सामुदायिक भवन निर्माण गर्ने मुख्य लक्ष्य सहित यही वैशाख २ गते देखि सञ्चालन भई रहेको पुराणमा ६ जनाले तुलादान गरिसकेका पुराण आयोजक समितिका सचिव राजु बस्नेतले जानकारी दिए ।
वैसाख ९ गते सम्म चल्ने श्रीमदभागवत पुराणमा भागवत प्रचारिका राधिका दासीले कथावाचन र सुरेश भट्टराईबाट पाठपरायण हुदै आएको छ ।

तपाईको प्रतिक्रिया