सुन्दरहरैचा , मोरङको सुन्दरहरैचा ७ बेलगाछीमा बिहिबार बिहान कुकर बम भेटिएको छ । पुर्बपश्चिम राजमार्गमा कुकर बम भेटिएपछि आसपासको क्षेत्रमा त्रास फैलिएको छ । बम भेटिए पछि पुर्व पश्चिम लोकमार्ग केही समय अवरुद्द भएको थियो । उक्त शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलिले  डिस्पोज गरिसकेको छ भने केही समय अवरुद्द भएको सडक पनि खुलेको छ । बिप्लव नेतृत्वको नेकपा माओवादीले आब्हान गरेको नेपाल बन्दका क्रममा बिहानै सो शंकास्पद बस्तु भेटिएको हो । बन्दलाई नै लक्षित गरि विप्लब समुहले राखेको हुन सक्ने प्रहरिले बताएको छ ।

 

तपाईको प्रतिक्रिया