इटहरी । मोरंगको लेटांगमा रहेको सामुदायीक बिकास मञ्च नेपालको आयोजना तथा संस्थागत बिकास संजालको सहकार्यमा सञ्चालन भई रहेको लागु पदार्थ तथा लैगिंक हिंसा न्युनिकरण अभियान अन्र्तगत लागु पदार्थ दुब्र्यसनको दुष्सपरिणाम सम्बन्धी सम्वाद कार्यक्रम सम्पन्न भएको छ । लागुपदार्थको दुव्र्यसनिको समसया मुलुकभर बिकराल भई रहदा लेटांग नगरपालीका वडा नम्बर ५ लाई आधार बनाई पाईलट प्रोजेक्टको रुपमा सामुदायीक बिकास मञ्चले अभियान सञ्चालन गरेको हो ।
लागु पदार्थ दुव्र्यसनिको लग लागेका युवाहरुको भबिष्य अन्योल रहेको भन्दै त्यसको न्युनिकरणको लागी बिभिन्न योजना स्थानिय सरकार संग सहकार्य गर्दै सञ्चालन गरेको लेटांग नगरपालीकाकी उपमेयर कृष्ण कुमारी निरौलाले बताईन् । समुदायमा मुख्य समस्याको रुपमा देखिएको लैगिंक हिंसा तथा दुव्र्यसनिको न्युनि करणमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको सामुदायीक बिकास मञ्चले उपमेयर,सामुदायीक तथा संस्थागत बिद्यालयका प्रतिनिधि र जनप्रतिनिधिहरु संग सम्वाद गरेको यस कार्यक्रमकी संयोजक साबित्रा सिवाकोटीले बताईन् ।
लागुपदार्थ दुव्र्यसनि न्युनिकरणको लागी बिशेष गरि परिवार बाट नै निग्रानी गर्नु पर्ने तथा जथाभावी बिक्रि बितरण हुने सुर्तीजन्य, मादक पदार्थ कडाई गर्नु पर्ने धाराणा सहभागीहरुले राखेका थिए । दुव्र्यसनि सम्बन्धि २०६३ सालमा कानुन निमार्ण भएको भए पनि त्यसको पालनामा कमी देखिएको कारण यो समस्या बिकराल बन्दै गएको कानुन बिद तिलक तिम्सीनाले बताए । निजि तथा सरकारी क्षेत्रबाट सहकार्य गर्दै काम गर्न सकेको खण्डमा लागुपदार्थ दुव्र्यसनि न्युनिकरण गर्न सकिने सहभागीहरुले बताए ।

तपाईको प्रतिक्रिया