काठमाडाैं । गोरखा बिहीमा ‘तान्ने प्रथा’ अझै हटेको छैन । समाचारका अनुसार उत्तरी गोरखाका दुई दर्जन गाउँबस्तीमा यो प्रथा हट्नको साट्टो बढ्दै गएको छ । चुमनुब्री गाउँपालिकाअन्तर्गत साबिकका बिही, प्रोक, ल्हो, सामागाउँ, सिर्दिबास क्षेत्रमा जबरजस्ती तानेर बिहे गर्ने परम्परा पुस्तौंदेखि कायम छ । चिनेको होस् वा नचिनेको होस्, मन परेको होस् वा नपरेको होस्, केटाले मन पराएपछि जबरजस्ती तानेर दुलही बनाउने चलन रहेको वडा नम्बर ४ का अध्यक्ष पेमाडुण्डुप लामा बताउँछन् ।यस्तो चलन बिहीमा अल्लि बढी छ । प्रोकमा पनि छ । अलिअलि त ल्हो, सामागाउँ र सिर्दिबासमा पनि छ’, उनले भने, ‘यो राम्रो चलन होइन, हटाउनुपर्छ ।’ यसबारे आफूले जनचेतना जगाउने उनको भनाइ छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर रहेकाे छ ।

तपाईको प्रतिक्रिया