केराबारी / मोरङको केराबारी गाउँपालिकामा जेफाले पर्यटन मेला सुरु भएको छ । केराबारी गाउँपालिका २ मा रहेको पर्यटकीय क्षेत्र जेफालेमा सुरु भएको पर्यटन मेलामा, मेला बजार, भलिबल प्रतियोगिता तथा साहित्यिक वाचन लगायतका कार्यक्रम रहेका छन् । मोरङ क्षेत्र नम्बर १ का सांसद घनश्याम खतिवडाले पर्यटन मेलाको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै खतिवडाले आन्तरिक पर्यटकहरुको लागि जेफाले नयाँ गन्तव्य वनिरहेकाले यसको विकासका लागि सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्की, उपाध्यक्ष शान्ति लिम्बू, लेटाङ नगरपालिकाकी उपमेयर कृष्णकुमारी निरौला लगायतको उपस्थिति रहेको थियो ।
मेलामा सञ्चालित भलिवल प्रतियोगितामा १२ वटा टीमको सहभागिता रहेको छ । यसैगरि साहित्य वाचन कार्यक्रममा आधा दर्जन बढी कवि तथा गजलकारहरुले सिर्जना वाचन गरेका छन् । कार्यक्रममा कवि तथा गजलकार हेमन यात्री , मुनाराज शेर्मा , सुदीप पाख्रीन, जीवी गजल , युवराज ठकुरी अज्ञानी लगायतले रचना वाचन गरेका छन् । पर्यटनलाई साहित्यसँग जोडेर पर्यटकीय स्थानको विकासमा टेवा र्पुयाउने अभिप्रायका साथ यो कार्यक्रम आयोजित गरिएको केराबारी–२ नम्बर वडाका वडाध्यक्ष प्रेमबहादुर लिम्बूले जानकारी दिनुभयो ।
सिंहदेवीमा पर्ने पर्यटकीय स्थान जेफालेमा नयाँ वर्ष २०७६ को अवसर पारेर पर्यटन मेला, भलिबल प्रतियोगिता तथा जेफाले साहित्यिक कार्यक्रम आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया