इटहरी । पुर्वी तराईका थारु समुदायले मनाउने सिरुवा पर्व नयाँ बर्षको  आगमन सगै शुरु भएको छ ।
वैशाख भरी मनाइने यो पर्वका कारण मानिसहरुलाई अहिले भ्याइनभ्याइ हुने गरेको छ । कहिले कहाँको त कहिले कहाँको मेलाले गर्दा थारु समुदायका मानिसहरुका साथै सवै समुदायका मानिसहरुलाई सिरुवा मेलाले आकर्र्षीत गरेको छ । बैशाख ३ गते सुनसरीको इटहरीमा रहेको कचना महादेव मन्दिरमा सिरुवा मेला लाग्ने गरेको छ । थारु समुदायका साथै अन्य समुदायका मानिसहरु समेत सिरुवाको अवसरमा बैगुनको भार चढाउने गर्दछन । कचना महादेवमा टाढा टाढा देखि मानिसहरु मुसा ,तथा अन्य छालाको रोग नलागोस भनेर बैगुनको भार चढाउने आउने गरेका छन । सिरुवा मेलाका अवसरमा ग्रामथानमा बैगुन (भान्टा) चढाइने भएको कारण बैगुन वा भान्टा मेला समेत भन्ने गरिएको छ ।

वर्षको शुरुवातको महिना वैशाख भरी पुर्वी तराईका थारुहरुले सिरुवा पर्व मनाउने गरेका छन । वैशाख महिना वर्षको सिरको महिना भएको र सिरमा प्रत्यय जोडिएर सिरुवा भएको मान्यता रहेको छ ।
पुर्वका थारुहरुले मनाउने सिरुवा पर्वको अवसरमा वैशाख २गते नेपाल सरकारले प्रदेस नम्वर १ को तराईका जिल्ला झापा , मोरगं र सुनसरी जिल्लामा सार्वजनिक विदा समेत दियो । वालीनाली थन्क्याए फुर्सदको समय पारेर मनाइने यो पर्वमा आगामी वालीनाली राम्रो होस भनेर भगवानसंग प्राथना समेत गर्ने गरेको वताइन्छ ।
सिरुवा पर्व वैशाख महिना भरी विभिन्न ठाँउका ग्रामथानमा गएर पुजाआजा गरी रोगव्याध नलागोस भनेर कामना गर्ने , त्यसै गरी छालाका रोगहरु नलागोस भनेर बैगुन (भान्टा )को भार चढाउने गरिन्छ । ग्रामथानहरुमा वली समेत चढाउने   गरेको पाइन्छ ।थारु समुदायका मानिसहरुले मनाउने सिरुवा पछिल्लो समयमा आएर पुर्र्वी तराईका हरेक जातजातिका मानिसहरुले मनाउन थालेका छन ।

तपाईको प्रतिक्रिया