इलाम । सञ्चारकर्मीले जिम्मेवार भएर कर्तव्य निर्वाह गर्नुपर्ने नयाँ बुलन्द डटकम अनलाइनको दोस्रो बार्षिक उत्सव कार्यक्रमका सहभागीले बताएका छन् । बुलन्द आवाज मिडिया प्राइभेट लिमिटेडको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मीले जिम्मेवार भएर काम गर्न सके मात्र नागरिकमा सत्यतथ्य सूचना पुग्ने बताए ।

सञ्चार गृह र सञ्चारकर्मीले सकारात्मक सोचका साथ जिम्मेवार भएर सूचना सप्रेषण गर्नुपर्ने जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालले बताए । उनले सकारात्मक सोच निर्माण गर्ने विकासका गतिविधीलाई सञ्चार माध्यमले समेट्न सके समाजमा सूचनाको माध्यमबाट सकारात्मक परिवर्तन ल्याउँन सकिनेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सञ्चार माध्यम बलियो भने लोकतन्त्र बलियो हुने बताए । उनले सञ्चार माध्यमलाई बलियो बनाउँन सञ्चारकर्मीले जिम्मेवार भएर कर्तव्य निर्बाह गर्नुपर्नेमा जोड दिए ।

बुलन्द आवाज प्राइभेट लिमिटेडका अध्यक्ष तथा सम्पादक राम योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रहरी निरिक्षक माधव श्रेष्ठ, मेची पहाडी पर्यटन विकास समितिका केशव द्यौराली, इलाम नगरपालिकाका प्रबक्ता तथा ५ नम्बर वडा अध्यक्ष ठाकुरनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जबेगु, प्रदेश उपाध्यक्ष सोमनाथ सुसेली, आदिवासी जनजाति पत्रकार महासंघका ख्याम भूजेल, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद इलामका अध्यक्ष अभिषेक येक्तेन, इलाम उद्योग बाणिज्य संघ इलामका इश्वर चिपालु, सञ्चारकर्मी सविता पाण्डे, भगिरथ भण्डारी लगातले बोलेका थिए ।

तपाईको प्रतिक्रिया