इटहरी । तराईमा बसोवास गर्दै आएका भूमिपुत्र थारु र राजवंशी समुदायले विशेषगरी भूमिदेवको भँिक्तपूर्वक पूजापाठ गर्ने तथा आफुभन्दा ठूलाबडालाई सम्मान गर्ने धार्मिक एवम सांस्कृतिक सिरुवा पर्व सुनसरीको इटहरी उपमहानगरपालिकास्थित कचना महादेवको मन्दिरमा मेला लागेको छ । मृला भन्ने बित्तीकै घुमघाम, खेल , रमाइलो बुझिीने गरीइता पनी कचना महादेवको मन्दिरमा लाग्ने मेलाको फरक महत्व रहेको छ । यस मेलामा मानिसहरु रमाइलो गर्न भन्दा पनी वैगुनको भार चढाउन आउने गर्दछन । वैगुनको भार चढाउने शिवको मन्दिरका रुपमा प्रख्यात यस मन्दिरमा प्रत्येक वर्ष वैशाख ३ गते मेला लाग्ने गर्छ । मेला लाग्ने स्थल कचना महादेवको मन्दिरमा वैगुनको भार चढाएमा शरीरमा आएका मुसा निको हुने जनविश्वास रहिआएको छ । साथै हराएका गाईवस्तु फेला पर्ने र मनोकांक्षा पूर्ण हुने विश्वासका कारण पुर्वी नेपालका साथै भारतबाट समेत तीर्थयात्रीहरु यस मन्दिरमा पुजा गर्न आउने गर्छन् ।
आफु र आफ्ना परिवारको सुखशान्ति अनि बालीनाली सप्रियो, परिवारका कुनै पनि सदस्यमा दुःख विराम नलागोस बर्खाको मौसम अनुकुल बनोस भन्ने कामना गर्दै भूमिदेव अर्थात प्रकृतिको भक्तिपूर्वक पूजापाठ गरिने यो सिरुवा धार्मिक तथा सांस्कृतिक पर्व अन्तर्गत आज इटहरीको टेङ्ग्रा धाममा विशेष पूजापाठ भई रहेको छ ।
कचना महादेवको मन्दिरमा बैगुन र फूलाघोडा चढाएर आफु र आफ्नो परिवारको सुख शान्तिसँगै भविष्यमा समेत कसैमाथि दुःख विराम नलागोस भनेर भूमिदेवको थानमा भत्ति पूर्वक दुध बैगुनको भार फूलघोडा चढाएर भूमिदेवप्रति भक्ति प्रकट गर्नाले मनोकाङ्क्षा पुरा हुने धार्मिक विश्वास समेत रहेको पाईन्छ ।
अर्कोतर्फ बैगुनको भार चढाउनाले शरीरमा आएको मुसा समेत हराएर जाने सांस्कृतिक विश्वास रहेकाले पनि यो टेङ्ग्रा धार्मिम मेलामा हजारौ मानिसले बैगुनको भार चढाई शरीर स्वस्थ होस भन्दै घाउ खटिरा समेत नआओस भन्ने कामना गर्ने गरेको पाइन्छ ।

तपाईको प्रतिक्रिया