काठमाडौं । समृद्धसँग जोडौ नाताः सबै नेपालीको बैंक खाता भन्ने सरकारी अभियानमा बैंकहरुले होडबाजी शुरु गरेका छनु । सवै नेपालीको बचत खाता खोल्न आधा दर्जन बैंकहरुले आफ्ना कार्यक्रमहरु सार्वजकि गरेका छन् । सरकारले सवै नेपालीको बचत खाता अभियान थालेकै दिन ग्लोबल आइएमई बैंक, एनएमबी बैंक, सिटिजन्स बैंक, एनसीसी बैंक, नेपाल बंगलादेश बैंक र सेञ्चुरी बैंकले बचत खाता कार्यक्रम सार्वजनिक गरेका छन्।
खाता खोल्ने ग्राहकलाई विभिन्न खालका अफर पनि गरिरहेका छन् । प्राय सवै बैंकले खाता खोल्ने ग्राहकलाई बोनस स्वरुप सय रुपैयाँ जम्मा गरिदिने बताएका छन् । बैंकहरुले नयाँ खाता अभियानलाई तिव्रता लिएका छन् । एनएमबी बैंकले एक घर एक खाता अभियान अन्तर्गत सबैका लागि बचत, सबैका लागि सहारा भन्ने नारा सहित एनएमबि बैकको सहारा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकमा खाता खोल्नेले १८ वटा गम्भीर रोगहरु मध्ये कुनै एउटा रोग लागेको खण्डमा १० लाख रुपैयाँ सम्मको बीमा रकम पाउने घोषणा पनि गरेको छ । बैंकमा खाता खोल्नेले सर्वाधिक व्याजदर पाउनुका साथै निशुल्क डिम्याट खाता, निशुल्क मोबाइल बैंकिङ, निशुल्क इन्टरनेट बैंकिङ लगायतका सुविधा पाउने घोषणा गरिएको छ ।

ग्लोवल आइएमईले सबै नेपालीको बचत खाता शीर्षकको नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ भने सिटिजन्स बैंकले सिटिजन सरल बचत खाता सार्वजनिक गरेको छ। बैंकमा बचतकर्ताले वार्षिक ५ प्रतिशतका दरले व्याज पाउन सक्ने छन्। यो खाता मार्फत भिसा डेविट कार्ड, अन्तर शाखा कारोबार, आश्वा सेवा, निः शुल्क मोबाइल बैंकिङ सुविधा प्राप्त गर्न सकिने योजना ल्याएको छ ।

सेञ्चुरी बैंकले शुन्य मौज्दातमा खाता खोल्ने योजना ल्याएको छ भने २५० रुपैयाँ तिरेर ५ वर्षको लागि डेविट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई बैंकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने भएको छ । त्यसैगरी खाता खोल्नले वार्षिक ६.५ प्रतिशत व्याजदर पाउन योजना सार्वजनिक गरेको छ ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंकले एनसीसी नेपाली नागरिक बचत खाता कार्यक्रम ल्याएको छ । नेपाल बंगलादेश बैंकले आकर्षक बीमा सुविधा सहितको रजत बचत खाता संचालनमा ल्याएको छ । खाता २५ रुपैयाँमा खोल्न सकिनेछ।

तपाईको प्रतिक्रिया