रामपुर/ उदयपुरको बेलका नगरपालीका २ मा अवस्थीत अमर ज्योती वेलका सामुदायीक बन उभभोक्ता समितीले अनियमितता गरेको आरोप लागेको छ । सरकारी वनमा बाररम्बार अनियमितता भएको खवर तपाई हाम्रो लागी नौलो होइन । पटक पटक सामुदायिक बनको अनियमितता बारे संचार माध्यममा खवर आइरहन्छन त कती गुपचुप पारीन्छन ।

त्यस्तै एक उदाहरण हो उदयपुरको बेलका नगरपालीका २ मा अवस्थीत अमर ज्योती वेलका सामुदायीक बन उभभोक्ता समिती । वन उपभोक्ता समितीका पदाधीकारीहरुले अनियमीतता गरेको भन्दै स्थानीयले आरोप लगायका छन । समितीमा उपभोक्ताले बुझन खोज्दा समेत अध्यक्ष र पदाधीकारीहरु पन्छीन खोज्छन । बन उपभोक्ता समितीलाई सोधीखोजी गर्यो भने उनीहरुकै ठुलो कुरा हुने स्थानीहरु बताउछन । उपभोक्ता यतीखेर अनियमितता छानविनको माग गरीरहेका छन । उनीहरुले वन उपभोक्ता समितीका अध्यक्ष सहित पदाधीकारीहरुले आर्थीक अनियमितता गरेको आरोप लगाएका छन । वन उपभोक्ता समितिले आम्दानी गरेको लाखौ रुपैयाँ अनियमितता हुन नदिन भन्दै स्थानीय विरोधमा उत्रीएका छन । बन समितीले अध्यक्ष गणेस अधिकारीको नाममा मात्र पटक चेक काटेको देखीएको छ । चैत्र ४ गते पनी स्थानीयले विरोध गरेका थिए र त्यस पश्चात उनले केही रकम समुहको बैक खातामा हालेको हुन सक्ने स्थानीयको भनाई छ । तर यता बनका अध्यक्षले संचारकर्मी सँग घरी बैक खाता चालु रहेको र घरी बन्द भएको दोधारे कुरा गरीरहेका छन । पदाधिकारीबाटै ठेक्का प्रक्रियामा समेत मिलेमतो रहेका आशंका वनका उपभोक्ताले गरेका छन । पदाधिकारीले मनोमानी ढंगबाट ए ग्रेडका काठ ठेकेदारलाई दिने गरेको तर उपभोक्तालाई

भने सोही स्तरको काठ उपलब्ध नगराएको आरोप छ । सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी नै अनियमितता मा लागेको भन्दै विरोध जनाइरहेका छन । राज्यले वनको स्वामित्व हस्तान्तरण गरिसकेपछि त्यसको संरक्षण र संवर्द्धन गर्ने जिम्मा सामुदायिक वनका पदाधिकारीको हुन्छ तर केही सामुदायिक वनका अध्यक्षत्यसको विपरीतका कार्यहरु गरिरहेको जनताहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया