इटहरी । वैदेशिक रोजगारीको विकल्प खोज्नु पर्ने संदेश बोकेको नमरी बाँचे भन्ने बोलेको म्युजिक भिडियोको इटहरीको सेन्टर प्लाजामा विमोचन गरिएको छ ।

गायक सन्तोष खड्काको शव्द तथा स्वरमा सजिएको संदेशमुल गित नमरी बाँचे बाल गायक प्रितम आचार्यकी आमा राधिका आचार्यले विमोचन गरेकी हुन ।

बैदेशिक रोजगारीका लागि जाने युवाको परिवार उनको पिडाका विषयमा केन्द्रीत भएर तयार पारिएको गितको म्युजिक भिडियोमा पुर्वका परिचित चाँउ कृषक सरोज नेपाल र पार्वती बोगटीले जीवन्त अभियन गरेका छन । विमोचन कार्यक्रममा संगित साधान प्रतिष्ठानका महासचिव राजु केसी , सामाजिक अभियन्ता प्रकासचन्द्र परियार ,कवि मनु मञ्जील लगायतले समय सापेक्ष संदेशमुलुक गित भएको भन्दै गायक ,लेखक तथा कलाकारहरुको प्रशंषा गरे । https://www.youtube.com/watch?v=cDE_Pj0SBNE&feature=share

तपाईको प्रतिक्रिया