काठमाडौं, १८ चैत । आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको विनासकारी हावाहुरीका कारण ठूलो धनजनको क्षति भएको छ । तराइमा यति ठूलो क्षति हुँदा पूर्वानुमानशाखाले पूर्वानुमान किन गर्न सकेन भन्ने बहसको विषय भएको छ ।

तर, पूर्वानुमान महाशाखाले भने पूर्वानुमानका लागि आवश्यक उपकरणको अभावमा यतिठुलो क्षतिको पूर्वानुमान हुन नसकेको जनाएको छ । हावाहुरीको कारण बारा र पर्सामा ठुलो धनजनको क्षति भएको छ ।

हावाहुरीले बिजुलीका पोल तथा रुख ढलेर किच्दा बारा र पर्सामा गरी दुइ दर्जन बढीको ज्यान गएको छ । ६ सय भन्दा बढी घाइते भएका छन् । धेरै मानिसहरु घरबारविहिन भएका छन् । एक्कासी आएको हावा हुरीले भौतिक संरचनाहरु ध्वस्तहुँदा कतिपय पक्कि घरका ढलान समेत उठाइदिएको छ ।

इतिहासमै नभोगेको ठूलो विपद बारा र पर्सामा बसोबास गर्दै आएका मानिसहरुले भोग्नु परेको छ । प्राकृतिक विपद्ले बारा र पर्सा शोकमा डुवेको छन् ।

विश्वका कैयन देशहरुमा ठुला विपत्ति आउनु अघि त्यसको पूर्वानुमान हुन्छ र बिपदको पूर्व तयारी सहित क्षति कम गरिन्छ । हाम्रोमा पनि मौसमी पूर्वानुमानका लागि मौस विभाग र त्यस अन्तर्गन मौसम पूर्वानुमान महाशाखा पनि छ ।

तर, काठमाडौंबाट छोटो दुरीमा रहेका तराईका जिल्लामा यति ठुलो विपद आउने पूर्वसूचना पूर्वानुमान महाशाखाले दिन सकेन । अहिले समाजिक संजाल लगायत बिभिन्न ठाउँहरुमा पूर्वानुमान गर्न नसकोको भन्दै आलोचना भईरहेको छ ।

हुनपनि मौसम पूर्वानुमान महाशाखाले यसबारे कुनै सावधानी सूचना जारी गरेको थिएन । पूर्वसूचना जारी गर्न नसकेको पूर्वानुमान महाशाखासँग हावाहुरीपछि पनि कति बेगमा हुरी आएको थियो भन्ने सूचना समेत छैन ।

ठ्याक्कै भन्न नसकिएपनि २५ मिटर प्रतिसेकेण्डको बेगमा हावाहुरी आएको पूर्वानुमान महाशाखाको छ । पूर्वमा संकेत गर्ने मौसमी राडार नभएका कारण पूर्वानुमान गर्न नसकिएको र ठुलो क्षति हुन पुगेको महाशाखाको भनाई छ ।

तपाईको प्रतिक्रिया