इटहरी । नेपाल गोल्डेन आइडल सिजन ६ मा  इटहरीकी सेबिका कोइरालाले  एक हजार प्रतिस्पर्धीलाई उछिन्दै फाइनलमा प्रबेश गरेकी छिन् । कोइरालाले आफुलाई अत्याधिक भोट गरेर नेपाल गोल्डेन आइडल ६  को बिजेता बनाउन आग्रह गरेकी छिन् । इटहरीस्थित बिश्व आर्दश स्कुलको कक्षा ८ मा अध्यानरत सेबिका कोइरालाले आफुलाई धेरै भन्दा धेरै भोटिङ्ग आबश्यक रहेको बताउदै भोट गरी इटहरीको पहिचान राष्ट्रिय स्तरसम्म पुराउनको लागी आफुलाई भोट गरी जिताउन  आग्रह गरेकी छिन ।

टप ७ वाट टप ५ को फाइनल राउण्डसम्म पुग्दा सेबिकाले ४ वटा टाईटल समेत जितेकी छिन् । सेबिकाले बेष्ट डान्सर, मस्ट पपुलर अप सेभेन राउण्ड, बेष्ट प्रर्फर्मर र पपुलर भोटिङको टाईटल जितेकी हुन । आइडलको उपाधि जिताउन सेबिकालाई इटहरीवासीले फेरी भोट गर्न बुवा दिलिप कोइरालाले आग्रह गरे । जसको लागी भोटिङ् कोडको लागी मोबाइलको म्यासेज बक्समा गई NGI<space>sk28 SEND TO 33001 गर्नु पर्ने छ । अब सेबिकाले बैशाख १२ गते पोखरामा अन्तिम प्रतिस्पर्धा गर्ने छिन् । साथै इटहरीमा २६ गते उनको एकल कन्सर्ट समेत आयोजना गरिएको छ ।उनको भोटिङ्ग अभियानको लागी पाँनधारे युवा क्लबले संयोजन समेत गरेको छ । नबिन कटुवाल संयोजक रहेको ‘सेबिका कोइराला जिताउ अभियान’ले  अहिलेसम्म ५० हजार बराबरको भोटिङ्ग गरिसकेको बताउदै संयोजक कटुवालले थप आर्थिक संकलन गरेर उनलाई जिताउन अभियान गरिरहेको जानकारी दिए।

 

 

तपाईको प्रतिक्रिया