सुनसरी । ड्याट्सन गाडीको सुनसरीको आधिकारीक विक्रेता ओम साई मोटो कर्प प्रा लि इटहरीले ड्याट्सन गो लन्चिगं गरेको छ । नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्का र ओम साई मोटो कर्प प्रा लिका प्रवन्ध निर्देशक पारसमणी गेलालले संयुक्त रुपमा ड्याट्सन गो लन्चिगं गरेका हुन । गो लन्चिगं कार्यक्रममा ओम साई मोटा प्रवन्ध निर्देशक गेलालले विभिन्न तीन मोडेलमा उपलव्ध रहेको ड्याट्सन गो कारले नयाँ युगको लागि जापानिज प्रविधियुक्त इन्जिन इनधन किफाइती ,बस्नका लागि धेरै स्पेस रहेको जानकारी गराए । पहिलेको तुलनामा नयाँ डिजाईन र इन्जिनको क्षमतासमेत वृद्धि गरिएको उक्त गाडीको मूल्य २४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । उक्त गाडी इटहरी तथा नेपाल राज्यभर रहेका विभिन्न १३ स्थानबाट सहजै प्राप्त गर्न सकिने कम्पनीको भनाई छ । सार्वजनिक गाडीले धेरै स्पेश, कारधनीलाइ अतिरिक्त सुरक्षा, वेस्ट इन क्लास स्पेश , तथा गतिशिलता प्रदान गर्ने अपेक्षा राखिएको छ । नयाँ गाडी पहिलेको तुलनामा बलियो रहेको कम्पनीले दावी गरेको छ । अगाडि तर्फको भागमा हुने लाईट पनि थ्रि डि सेप रहेको छ । डिजाईनसमेत परिवर्तन गरिएको यो गाडी पुरानो मोडलको भन्दा छरितो देखिन्छ । कि लेश इन्ट्रीको सुबिधा समेत रहेको गाडीमा ३५ लिटर पेट्रोल क्षमताको ट्याङकी छ । ड्याट्सनले निशानको एक महत्त्वपूर्ण अङ्गका रूपमा रही जापनिज कारको १०८ वर्षको अनुभवलाई प्रतिनिधित्व समेत गरेको छ । ड्याट्सनले भारत , इन्डोनेसिया , रसिया तथा दक्षिण अफ्रिकामा सन् २०१४ दशक देखि विक्रिवितरण गर्दै आएको छ ।

 

 

तपाईको प्रतिक्रिया