इटहरी । सार्वजनिक विद्यालयहरुको खस्कदो अवस्थालाई सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्ने शैक्षिक स्थल बनाउने विषयमा केन्द्रीत भएर सुनसरीको इटहरीमा छलफल गरिएको छ ।
इटहरी उपमहानगरपालिका वडा नम्वर ३ ले सार्वजनिक विद्यालयहरुको सुधार ,बहस तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । शिक्षासंग सम्वन्धी सरोकारवालाहरुको सहभागीतामा सामुदायिक विद्यालयहरुलाई कसरी सुधार गर्न सकिन्छ भन्ने विषयमा छलफल र बहस गरियो । कार्यक्रमका विषयमा वडा सदस्य बाबुराम नेपालले प्रकास पारेका थिए । इटहरी उपमहानगरपालिका वडा नम्वर ३का वडाध्क्ष बालकृष्ण विष्टको अध्यक्षता तथा इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा विद्यार्थी ,शिक्षक तथा शिक्षासंग सम्वन्धीत विभिन्न व्यक्तिहरुले सामुदायिक विद्यालयहरुलाई सुधार गर्नु विभिन्न किसिमका सुझाव दिएका थिए ।

 

तपाईको प्रतिक्रिया