इटहरी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) नेपालको १४औं महाधिवेशनबाट अध्यक्षमा चयन भएका टिकाराम पुरीलाई इटहरीमा स्वागत तथा सम्मान गरिएको छ ।

इटहरीमा रहेको पाथिभरा माध्यमिक विद्यालयका अध्यक्ष समेत रहेका पुरीलाई विद्यालयले स्वागत तथा सम्मान गरेको हो । विद्यालयको तर्फबाट प्रबन्ध निर्देशक निर्मल रिजाले पुरीलाई सम्मान गरेका हुन । मुलुक भरका ६३ सय निजी तथा आवासीय विद्यालयहरु आवद्ध प्याब्सनको अध्यक्षमा आफना विद्यालयका अध्यक्ष चयन भएको भन्दै पाथिभरा मावि ले सम्मान गरेको छ । प्याब्सनका नव अध्यक्ष पुरीले राज्यसंग सामुदायिक तथा संस्थागत विद्यालयहरुविचको विभेद हटाउने गरी कार्य गर्ने आफनो योजना रहेको वताए । उनले निजी विद्यालयहरुमा अध्ययन गरेका विद्यार्थीहरुले पनि उच्च शिक्षाका लागि छात्रावृत्ति पाउने व्यवस्था मिलाउन पहल गर्ने लगायतका विषयवस्तुहरु समावेश हुने गरी निती नियम वनाउन दवाव मुलुक भुमिका निर्वाह गर्ने समेत सो अवसरमा जानकारी गराए ।

तपाईको प्रतिक्रिया