विराटनगर/प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा संविधान र कानून विपरितका कुनैपनि कार्य गर्न सरकारले छुट नदिने बताएका छन । उनले विप्लव समुहले संविधान र कानून विपरितका लुटमार,विध्वसं,आंतक लगायतका कृयाकलपा गरेकाले विप्लव समु्हलाई सरकारले निषेध गरेको बताए । विराटनगर विमानस्थलमा आइतबार संचारकर्मीसंगको कुराकानीमा प्रधानमन्त्री ओलीले बिप्लव समुहलाई सरकारले कुनै ठट्टा गरिनरहेको बताउदै नेपालमा संविधान,कानून विपरितका कुनैपनि लुटमार,विध्वसं,आंतक कुरा गर्नै नपाइने बताए उनले कसैले रुवाबासी गरेपनि सरकारले निषेध मात्र होइन नियन्त्रण पनि गर्ने बताए । अहिलेको गतिबिधि अनुचित र गैह्र संबैधानिक रहेको ओलीको आरोप छ ।प्रधानमंत्री ओलीले विपलव समुह कुनै मान्यता प्राप्त संस्था नभएको भन्दै धम्काएर लुटपाट गरेर मन्छे मारेर चुनावमा मान्छे मारेको विप्लव समुहले आतंक मचाएकाले उसलाई प्रतिवन्ध गरेको उल्लेख गरे । उनले विध्वंस मचाउने समुहलाई प्रतिवन्ध गर्दा आफुलाई लोकतान्त्रीक भन्ने पार्टिहरुले त्यसको विरोेध गर्नुको अर्थ नभएको बताए ।प्रधानमंत्री ओलीले विप्लव समुहले वम पडाकाएर विध्वसं मच्चाउन खोजेकै कारण प्रतिवन्ध लगाइएको प्रष्ट समेत पारे । उहाले अांतकित गर्ने गतिबिधिमा संलग्न रहेको समुहलाई प्रतिबन्ध लगाउँदैमा कसैले रुवाबासी गर्नु पर्ने अबस्था नरहेको बताए । वार्ता समिति बनाएर पटक पटक बार्ताको लागि आब्हान गर्दा समेत वार्ता नै नगर्ने अडानमा रहेकोले वास्तविक विप्लब समुहको माग नै के हो भन्ने बारेमा उ आफै अन्यौलमा रहेको बताए । \
उनले शान्ती सुरक्षा प्रदानगर्न सरकार द्धिढ छ भन्दै कुनैपनि वहाना शान्ती सुरक्षा खलवालाउन खोज्ने तत्वलाई सरकारले नछाडने वताए ।उनले अव कसैले जति सुकै रुवावासी गरेपनि सरकारले गरेको निर्णय र्फिता नहुने समेत बताए । 

तपाईको प्रतिक्रिया