प्रधानमन्त्री केपी शर्मा ओली भोली सुनसरी र मोरगका कार्यक्रममा सहभागि हुन पूर्व आउनुहुने भएको छ । भोली दिउसो प्रधानमन्त्री ओलीले नेकपा सुनसरीले वर्जु गाँउपालिका ६ मा आयोजना गरेको सभालाई सम्वोधन गर्ने कार्यक्रम रहेकी नेकपाकी नेतृ भगवति चौधरीले जानकारी दिनुभयो । विहान प्रधानमन्त्री ओलीले विराटनगरमा नेकपा प्रदेश कमिटिलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको वुझिएको छ । यस्तै कटहरीमा आधुनिक कृषि वजारको उदघाटन गरेर सुनसरीको कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया