इटहरी । प्रदेश एकको स्थायी राजधानीको माग गर्दै इटहरी राजधानी सरोकार समाजले इटहरीको मुख्य चौकमा को प्ररम्भ थालेको छ । इटहरी प्रद्श एकको राजधानि हुन योग्य भएको भन्दै सरोकार समाजले बिभिन्न बटुवाहरुबाट राजधानिको लागी कुन ठाउ उपयुक्त भन्ने प्रश्नको सवेक्षण थालेको हो ।
शान्ति सुरक्षा, शिक्षा, स्वास्थ्य, रोजगारी, सडकको पहुच भौतिक पुर्वाधार लगायतका बिषयले गर्दा इटहरी स्थायि राजधानि हुनु पर्ने माग सरोकार समाजले राखेको छ । राजनितिक भाागबण्डाको आधारमा नभएर जनतालाई सहजहुने किसिमले राजधानि तोक्नु पर्ने सरोकार समाजका सचिव शैलेष बिष्टले बताए ।
१४ वै जिल्लाका बिराटनगर बाहेक हरेकलाई इटहरी राजधानि पायक पर्ने सरोकार समाजले बताएको छ । प्रदेश एकको राजधानि सुरक्षाको दृष्टिकोणले बिराटनगर ठिक नभएको र हिमाली तथा पाहाडी भेगका जनतालाई बिराटनगर पायक नपर्ने सरोकार समाजको दावी रहेको छ । राजधानीको लागी आवश्यक पर्ने बिभिन्न भौतिक संरचना तथा खालि जग्गाहरु प्रसस्त रहेको कारण इटहरी राजधानि हुनु पर्ने सर्वसाधरणले पनि माग गरेका छन् । सम्बन्धित निकायले सरोकारको मागलाई चासो नदिए बिभिन्न आन्दोलनको कार्यक्रम गर्ने बताएको छ ।

तपाईको प्रतिक्रिया