लेटागं । लौगिकतामा आधारित हिसां ,श्रम आप्रवास र लागु पद्धार्थ दुव्यवसनीका कारण समाजमा परिरहेको असरलाई मध्यनजर गर्दै समाजलाई सहि मार्ग तर्फ डोर्याउन मद्र्धत पुगोस भनेर मोरगंको लेटागंमा शिक्षकहरुसंग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।
समाजलाई सहि दिसा तर्फ लाग्न मार्ग निर्देशन गर्ने शिक्षकहरुलाई सहभागी गराई लौगिकतामा आधारित हिसां, आप्रवास र लागु पद्धार्थ दुव्र्यसनीका असरहरु न्युनिकरण तथा अन्त गर्ने विषयमा केन्द्रीत गरेर संस्थागत विकाश संजालको साझेदारी तथा सामुदायिक विकास मञ्चले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
उत्तरी मोरगंका आठ सामुदायिक विद्यालयका ६० जना बढी शिक्षकहरुलाई सहभागी गराई आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बैदेशिक रोजगारीमा पछिल्लो केही वर्ष यता देखि लौगिक हिंसाको कारण समेत वन्न थालेको विषय समेत अन्तरक्रियामा सशभागीहरुले उठाएका थिए । समाजलाई सहि दिसा प्रदान गर्न शिक्षकहरुको भुमिका अहम हुने तर्फ मध्यनजर गर्दै शिक्षकहरुको सहभागितामा कार्यक्रमको आयोजना गरिएको सामुदायिक विकास मञ्चकी कार्यक्रम सम्योजक सावित्रा शिवाकोटीले जानकारी दिइन । अन्तरक्रियामा अधिवक्ता तिलक तिमल्सिनाले सहजिकरण गरेका थिए भने सो कार्यक्रममा शान्ति सहजकर्ता नरवहादुर लिम्वु , सिडी एफ नेपालका पुर्व कार्यकारी निर्देशक भुपेन्द्रसुन्दर लावती लगायको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया