इटहरी । ब्यवसायी तथा उद्योगीहरुलाई सहजीकरणको उद्धेश्य राखेर इटहरी उद्योग वाणिज्य संघले करदाता सेवा कार्यलयमा निःशुल्क हेल्प डेक्सको स्थापना गरेको छ । व्यवसायीले करदाता कार्यलयमा कुनै समस्या भोग्न नपरोस भन्ने उद्धेश्यका साथ डेस्कको स्थापना गरेको हो ।
नयाँ व्यवसायीलाई दर्ता, कागजात बनाउन लगायतको समस्यालाई ध्यानमा राखेर डेस्कको स्थापना गरेको उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष शैलेष बिष्टले बताए । दैनिक सेवाग्राहिको भिड हुने गरेको कारण आवश्यक पर्ने सम्पुर्ण सेवा करदाताले दिन नसकिरहेको बेला उद्योग वाणिज्यसंघलाई आग्रह गरेको र उद्योग वाणिज्य संघबाट सहयोग भएको कर कार्यलयका प्रमुख फडिन्द्र सुनुवारले बताए । कार्यलयले व्यवसायीक फर्म अन्र्तगत २७ हजार पाचँ सय र व्यत्तिगत तर्फ ८ हजार पाँच सय करदाता रहेको कार्यलयले जनाएको छ । दैनिक करदाता बृद्धि भईरहेको बेला यो डेस्कले सहयोग गर्ने कार्यलयले अपेक्षा गरेको छ ।

तपाईको प्रतिक्रिया