इटहरी/  इलाका प्रहरी कार्यलय इटहरी को प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका प्रहरी नायव उपरिक्षक समिर चन्द्र खरेलले गुण्डागर्दी नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुरक्षा तथा अमन चयन कायम गर्नु प्रहरीको मुख्य दायित्व भएकोले ऐन तथा नियमलाई पूर्ण रुपमा कार्यान्वयन गर्दै गुण्डागर्दी नियन्त्रणमा प्राथमिकता दिने खरेलले बताएका हुन् । सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खरेलले इटहरीमा फरार अपराधीहरुको डाटा अफडेट गरेर उनीहरुमाथी निगरानी बढाउँदै कारबाही गरिने बताए ।  मावन बेचबिखन र यौन व्यवसाय नियन्त्रणलाई समेत प्राथमिकतामा राखेर काम गर्ने  खरेलको भनाइ छ । प्रतिबन्धित लागु औषध नियन्त्रण, फरार अभियुक्त पक्राउको लागि सबैसँग मिलेर काम गने खरेलको भनाइ छ । खरेलले समूदाय संग प्रहरी कार्यक्रम मार्फत समूदायमा सचेतनात्मक कार्यक्रमहरुलाई तिब्रता दिने योजना रहेकोे जानकारी दिएका हुन । शान्ति सुरक्षा र अपराध नियन्त्रणमा बिशेष योजनाका साथ प्रहरीले प्रविधिहरुको प्रयोग गरि अपराधिक घटना न्यूनिकरण गर्ने खरेलले बताए । तिन बर्ष अगाडिको प्रहरी तथ्थांकलाई हेर्दा २०७३।७४ देखि हालसम्म गुण्डागर्दीको मुद्धा बढी देखिएका कारण आफ्नो पनि पहिलो प्राथमिकता गुण्डागर्दी नियन्त्रण गर्नुनै रहेको खरेलले बताएका हुन ।

तपाईको प्रतिक्रिया